समाचार

कक्षा १२ को परीक्षा जेठको दोश्रो साताबाट गर्ने तयारी

By खबरहब

March 17, 2022

काठमाडौँ– कक्षा १२ को परीक्षा जेठको दोस्रो साताबाट हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले २०७९ जेठको दोस्रो साताबाट कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ  । परीक्षाको मिति भने तोक्न बाँकी रहेको राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष डा महाश्रम शर्माले खबरहबलाई बताए ।

शुक्रबार बस्ने बोर्डको बैठकले मितिसहित तालिका सार्वजनिक गर्ने तयारी छ ।

यसपटक प्रश्नपत्र अनलाइन माध्यमबाट पठाइने र परीक्षा केन्द्रले प्रिन्ट गरेर विद्यार्थीलाई दिनुपर्ने व्यवस्था गरिएको छ ।

कोरोना महामारीका कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र छाप्न छोडेको छ । बोर्डका अनुसार यस वर्ष ४ लाख परीक्षार्थी सहभागी हुने छन् ।