म्याग्दी- धवलागिरि हिमाल आरोहणका लागि आरोही पर्यटकहरु आउन थालेका छन् ।
म्याग्दी स्थित हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् । यो हिमाल धवलागिरि गाउँपालिका ४ मा पर्छ ।
विदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रदर्शक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेपछि चहलपहल सुरु भएको छ। वसन्तकालीन याममा हिमाल चढ्ने अनुमति लिएका १० जना आरोही हेलिकोप्टर र पैदलयात्रा गरेर आधार शिविरमा पुगेका आधार शिविरका होटल व्यवसायी हरिप्रसाद तिलिजाले बताए ।
वसन्त ऋतु (चैत्र- वैशाख )मा आरोहण गर्ने पहिलो टोली आधार शिविर आइपुगेका छन् । उनले भने कोरोना सक्रंमणको दर घटेको र कोरोना विरुद्धको खोपको पहुँच बढेकाले अब पर्यटकीय गतिविधि बढ्ने अपेक्षा छ ।
इमेजिङ नेपाल ट्रेकमार्फत आएका आरोही ताकमबाट हेलिकोप्टर चढेर आधार शिविर गएका स्थानीयस्तरमा आरोहण टोलीको व्यवस्थापनमा खटिएका इन्द्रसिंह शेरचनले बताए ।
दश जनाको टोली हेलिकोप्टरबाट धौलागिरि आधार शिविर पुगेका छन्”, उनले भने अन्नपूर्ण हिमाल आरोहणको अनुमति लिएका पर्वतारोही काठमाडौँबाट आउने तयारीमा छन् ।
अमेरिका, जापान, चीन, क्यानडा, नर्वे लगायत देशका पर्वतारोही धवलागिरि आरोहणका लागि आएका हुन् । गत शरद ऋतुमा ४० जनाले धौलागिरि आरोहणका लागि पर्यटन विभागबाट अनुमति लिएका थिए ।
सन १९६० मे महिनाको १३ तारिखमा अस्ट्रेलियन नागरिक कुर्ड डिम्बकरले पहिलो पटक धौलागिरि हिमालको आरोहण गरेका थिए ।