मुख्य समाचार

नेकपा एसले ‘जनतामा जाऔँ, एकीकृत समाजवादीलाई जिताऔँ’ अभियान चलाउने

By खबरहब

March 17, 2022

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले स्थानीय तहको चुनावको तयारीस्वरूप जनपरिचालन अभियान सञ्चालन गर्ने भएको छ ।

पार्टीको बिहीबार बसेको सचिवालय बैठकले यो निर्णय गरेको हो ।

‘जनतामा जाऔँ, एकीकृत समाजवादीलाई जिताऔँ’ नाराका साथ एकीकृत समाजवादीले जनपरिचालन अभियान गर्ने जनाएको छ ।

बैठकले प्रदेशको कामको अनुगमन मूल्यांकन र वस्तुस्थितिको अध्ययन गर्न सबै प्रदेशमा एक–एक जना सचिवालय सदस्यलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।

यसरी जिम्मेवारी पाउने नेताहरूमा उपाध्यक्ष प्रमेश हमाल (प्रदेश १), उपमहासचिव जगन्नाथ खतिवडा (मधेश), उपमहासचिव गङ्गलाल तुलाधर (बागमती), उपाध्यक्ष जयन्ती राई (गण्डकी), उपमहासचिव विजय पौडेल (लुम्बिनी), महासचिव बेदुराम भुषाल (कर्णाली) र सचिवालय सदस्य रामचन्द्र झा (सुदूरपश्चिम) छन् ।