फाइल फोटो

राजनीति

नेकपा विप्लवको केन्द्रीय कमिटी बैठक शुक्रबार सुरु हुँदै

By खबरहब

March 17, 2022

काठमाडौँ– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।

केन्द्रीय कमिटीको बैठक शुक्रबार कपिलवस्तुमा सुरु हुने पार्टीले जनाएको छ ।

बैठकमा स्थानीय तहको चुनाव, पार्टीको अबका कार्ययोजनालगायत विषयमा छलफल हुने बताइएको छ ।

नेकपा विप्लव समूहले वैशाख ३० गते हुने स्थानीय चुनावमा सहभागी हुने÷नहुने विषयमा अझै निर्णय गरिसकेको छैन । बैठकले यो विषयमा पनि निर्णय गर्ने पार्टीले जनाएको छ ।