प्रतिकात्मक तस्वीर

अपराध

सशस्त्र प्रहरीद्वारा पर्सामा ६५ किलो गाँजा बरामद

By खबरहब

March 17, 2022

पर्सा – सशस्त्र प्रहरीद्वारा पर्सामा ६५ किलो गाँजा बरामद गरेको छ । 

पर्साको ठोरीस्थित ओरियाखोला नजिकबाट सशस्त्र प्रहरीले ६५ किलो गाँजा बरामद गरेको हो  । 

बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ ।

राष्ट्रिय निकुञ्जको गोरेटो बाटो हुँदै ओरियाखोला तर्फ आउँदै गरेको पाँच / छ जनाको समूहले ल्याउँदै गरेको गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं १३ गणले जनाएको छ ।

तस्करीमा संलग्न समूहका सबै जना गाँजा छाडेर भागेको सशस्त्र प्रहरीले जनाएको दियो  ।