प्रतिकात्मक तस्वीर

खेलकुद

धनगढीमा मुख्यमन्त्री विवाइसी महिला गोल्डकप हुने

By खबरहब

March 17, 2022

कैलाली- धनगढीमा सर्वाधिक धनराशिको प्रथम मुख्यमन्त्री विवाइसी महिला गोल्डकप हुने भएको छ ।

“खेलकुदको विकास नै उन्नत समाज र देशको विकास हो” भन्ने मूल नारासहित वनदेवी युवा क्लब तेघरीको आयोजनामा आगामी वैशाख ३ गतेदेखि १० गतेसम्म प्रथम मुख्यमन्त्री विवाईसी महिला गोल्डकपको आयोजना हुने भएको हो ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रवर्द्धक रहेको प्रतियोगितामा आठ टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक दुर्गा अधिकारीले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद रु पाँच लाख तथा उपविजेताले नगद रु दुई लाख ५० हजार प्राप्त गर्ने संयोजक अधिकारीले बताए  ।

प्रतियोगिताका प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’ लाई नगद रु पाँच हजार तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई नगद रु १० हजार पाउनेछन् । भने उत्कृष्ट खेलाडीलाई नगद रु ५० हजार दिइने उनले भने ।

प्रतियोगिता सञ्चालन गर्नका लागि करिब रु एक करोड खर्च लाग्ने  आयोजकले जनाएको छ ।