राजनीति

माओवादी केन्द्र कञ्चनपुरको इन्चार्जमा भट्ट नियुक्त

By खबरहब

March 17, 2022

कञ्चनपुर-  नेकपा (माओवादी केन्द्र) को कञ्चनपुर जिल्ला इन्चार्जमा टेकेन्द्रप्रसाद भट्ट चयन भएका छन् ।

माओवादी केन्द्रको केन्द्रीय सदस्यसमेत रहेका भट्टलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको हो ।

शुक्लाफाँटा नगरपालिका –१० झलारीका ४२ वर्षीय भट्ट यसअघि पनि पार्टीको जिल्ला अध्यक्ष रहिसकेका छन् । उनी  संविधानसभा पूर्वसदस्य पनि हुन् ।