तस्वीर- एएफपी ।

अन्तर्राष्ट्रिय

थप सहयोग गर्न जर्मनीसँग युक्रेनी राष्ट्रपतिको आग्रह

By खबरहब

March 17, 2022

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशलाई थप सहयोग गर्न जर्मनीसँग आग्रह गरेका छन् ।

बिहीबार भिडियो कन्फरेन्समार्फत् जर्मन संसदलाई सम्बोधनका क्रममा राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशका लागि बढी समर्थन प्रदान गरी सहयोग गर्न जर्मन चान्सलर ओलाफ सोल्जलाई आग्रह गरेका हुन् ।

जेलेन्स्कीले रुसले गर्दै आएको आक्रमणविरुद्ध विभिन्न शक्ति राष्ट्रहरूको समर्थन र सहयोग जुटाउनका लागि ती देशका संसद्हरूमा सम्बोधन गर्दै आएका छन् ।