फाइल फोटो

समाचार

पहाडी भू-भागमा आंशिक बदली,अन्य भू-भागमा मौसम सफा

By खबरहब

April 17, 2022

काठमाडौँ – पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली भएको छ।

मौसम पूर्वाअनुमान महाशाखाकाअनुसार आइतबार देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आज राति पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ ।

सोमबार दिउँसो पनि पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ ।

पर्सि मंगलबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।