युक्रेनमा भइरहेको पाशविक दमनप्रति सारा मानव समाज आक्रान्त छन् । हरेक राष्ट्रले युद्धलाई आफ्नो राष्ट्रिय स्वार्थको चस्माबाट हेर्ने गरेको छ । राष्ट्रिय स्वार्थअनुसार कूटनीतिक पहल पनि भइरहेको छ । रसियालाई लगाम कस्न अमेरिकी नेतृत्वमा रहेको नेटो गठबन्धन तम्तयार देखिए तापनि चीनको समर्थन र चीन रसियाको गठबन्धनले गर्दा सम्भव देखिएको छैन ।
टेकसास जतिको मात्र अर्थ व्यवस्थाको आकार भएको रसियाको दम्भ कम भएको छैन । यी विश्व परिस्थितिमा अन्र्तराष्ट्रिय मञ्च र कूटनीतिक अभ्यासमा भारतको सक्रियता र सहभागिता चुलिएको छ । भारतको सहभागिता बढ्नुका अनेक कारणहरू छन् । प्रजातान्त्रिक पद्धति, अब्बल नेतृत्व, क्वार्डको सक्रिय सदस्य, (अष्ट्रेलिया, अमेरिका, जापान, भारत) नयॉ क्वार्डको सक्रिय सदस्य (इजरायल, युएई, अमेरिका, भारत) विमस्टेक, व्रिक्स र संघाई संगठनजस्ता संस्थामा भारतको सक्रियताले गर्दा उसको दायित्व पनि बढेको छ ।
यी पृष्ठभूमिले गर्दा संसारका सबै मूर्धन्य नेताहरूले दिल्लीको यात्रा गरिरहेका छन् । मार्चको अन्तिम साता र अप्रिलको पहिलो साता भारतको विदेश मन्त्रालय (साउथ ब्लक) पाहुनाको सत्कारमा अति व्यस्त देखिन्छन् । यो भारतका लागि गौरवको पक्ष हो ।
मार्च १९ का दिन जापानका प्रधानमन्त्री किसिदाले आफ्ना समकक्षी मोदीसँग सघन वार्ता गरेका थिए । रसियासँग जापानको कुरिला टापुले गर्दा विवाद रहेको छ । जापान र भारतका बीच तीव्र रुपले आर्थिक सम्बन्ध बढिरहेको पृष्ठभूमिमा जापानले कुरिला टापुको विवाद समाधानका लागि भारतको सक्रिय सहभागिताका अपेक्षा गरेको देखिन्छ ।
साथसाथै किसिदाले भारतसँग आर्थिक सहकार्य गर्न र दक्षिण एसियालगायत हिन्द महासागरीय क्षेत्रमा चीनको आर्थिक र राजनीतिक प्रभावलाई कमजोर गर्न भारत(जापानको साझेदारीमा जोड दिएका छन् ।
यी उच्चस्तरीय यात्राका बीच एक महत्वपूर्ण उच्च स्तरीय अमेरिकी प्रतिनिधि मण्डलको समेत भारत भ्रमण भएको छ ।
मार्च २० का दिन अष्ट्रियाका परराष्ट्र मन्त्री अलेकजेन्डरले भारत यात्रा गरेका छन् । अष्ट्रियाजस्तो तटस्थत देशले भोग्नुपरेको समस्यामाथि उनले आफ्ना समकक्षी डा. जयशंकरसँग चर्चा गरेका छन् । अर्थात् वर्तमान अवस्थामा भारतले तटस्थ राष्ट्रहरूको नेतृत्व गर्नुपर्ने अष्ट्रियाका परराष्ट्रमन्त्रीको आग्रह रहेको छ ।
मार्च २१ का दिन अष्ट्रेलियाका प्रधानमन्त्री स्मोट मोरिसन र भारतका प्रधानमन्त्री मोदीबीच विद्युतीय माध्यमले वार्ता भएको छ । स्कोट मोरिसन र मोदीले हिन्द महासागरीय क्षेत्रमा क्वार्ड गठबन्धनलाई बलियो पार्ने अठोट व्यक्त गरेका छन् । अमेरिका ट्रान्सएटलान्टिक (यूरोप) क्षेत्रमा व्यस्त रहेको अवस्थाले गर्दा ट्रान्सप्यासिफिक क्षेत्र (एसिया) मा अमेरिकाको सक्रियता कम हुने बित्तिकै चीनको सक्रियता बढ्ने मोरिसन र मोदीको ठहर छ ।
यस परिपेक्ष्यमा क्वार्ड गठबन्धनलाई फराकिलो बनाउँदै आसियान मुलुकहरूको सहभागितामाथि दुई नेताहरूले जोड दिएका छन् । स्कोट मारीसनसँग भेटवार्ताको एक दिनपछि मार्च २५ मा चीनका परराष्ट्रमन्त्री वाङ यी ले पनि भारत भ्रमण गरेका छन् ।
वाङ यी ले दक्षिण एसियामा चीनको सामर्थ्य बढाउन वा आफ्नो पहुँच इस्लामिक जगतमा बढाउन अफगानिस्तान, पाकिस्तान, भारत र नेपाल यात्रा गरेका थिए । पश्चिमा सञ्चार जगतले वाङ यी को दक्षिण एसियाली यात्रालाई निकै आलोचना गरेका छन् ।
चीनमा एकातर्फ उइगर मुसलमानमाथि दमन चक्र बढिरहेको तथ्य बाहिर आएको छ भने अर्कातिर उसैले इस्लामिक संघ संगठनमा मुसलमानहरूको हक/हितको मुद्दा उठाइरहेको छ तर वाङ यीले भारत भ्रमण गर्दा चीनले यस वर्ष आयोजना गर्न लागेको व्रिक्स सम्मेलनमा मोदीलाई निमन्त्रणा गर्न लागेको कुरा स्वीकार गरेका छन् ।
दिलीप सिंहले अमेरिकी र नेटोको नेतृत्वमा भइरहेको आर्थिक प्रतिबन्ध र नाकाबन्दीले विश्व अर्थतन्त्रमा हुने असर र चुनौतीका बारेमा भारतलाई ज्ञात गराएको कुरा पत्रपत्रिकाले सार्वजनिक गरेका छन् ।
साथसाथै भारत र चीनबीच सीमा विवाद, व्यापार घाटा तथा चीनमा अध्ययन गरिरहेको भारतीय विद्यार्थीहरूको अवस्था लगायत विभिन्न विश्वका प्रमुख मुद्दाहरूमा वाङ यी र डा. जयशंकरले छलफल गरेका थिए ।
मार्चको अन्तिम सातामा नै ग्रिसका परराष्ट्रमन्त्री, ओमानका परराष्ट्रमन्त्री, मेक्सिकोका परराष्ट्रमन्त्री, अमेरिकी डिपुटी सेक्रेटरी अफ मेक्सिको परराष्ट्रमन्त्रीसमेतले भारत यात्रा गरेका छन् । मेक्सिकोका परराष्ट्रमन्त्री, जर्मन सुरक्षा सल्लाहकार, बेलायतको परराष्ट्र सचिवले समेत भारत भ्रमण गरिसकेका छन् ।
यी उच्च स्तरीय भ्रमणको पृष्ठभूमिमा रसियाका परराष्ट्रमन्त्रीले पनि गत १ अप्रिलमा भारत यात्रा गरेका छन् । रसियाका परराष्ट्रमन्त्रीको यो यात्रा बडो महत्वपूर्ण देखिन्छ । वर्तमान अवस्थामा रसियाले भारतसँगको सम्बन्धलाई अधिक महत्त्व दिएको छ । अर्थतन्त्रको आकारका हिसाबले रसिया भारतभन्दा आधा सानो देखिए तापनि सामरिक र हात हतियारका हिसाबले धेरै अब्बल रहेको छ । इन्धन र ऊर्जाको व्यापार बढाउनका लागि रसियाका परराष्ट्रमन्त्रीले भारत यात्रा गरेको जानकारहरूको ठहर रहेको छ ।
यी उच्चस्तरीय यात्राका बीच एक महत्वपूर्ण उच्च स्तरीय अमेरिकी प्रतिनिधि मण्डलको समेत भारत भ्रमण भएको छ ।
भारतीय मुलका अमेरिकी नागरिक दिलीप सिंहले समेत भारत यात्रा गरेका छन् । हर्वट र ए.आई.टी जस्ता विख्यात शैक्षिक संस्थान शिक्षित र दीक्षित दिलीप सिंह अमेरिकी सहायक सुरक्षा सल्लाहकारका साथै अमेरिकी सरकारमा आर्थिक सल्लाहकार पनि हुन् । साथसाथै आर्थिक नाकाबन्दीको अस्त्र प्रयोग गर्ने नीतिकार र योजनाकार पनि दिलीप सिंह नै हुन् ।
दिलीप सिंहले अमेरिकी र नेटोको नेतृत्वमा भइरहेको आर्थिक प्रतिबन्ध र नाकाबन्दीले विश्व अर्थतन्त्रमा हुने असर र चुनौतीका बारेमा भारतलाई ज्ञात गराएको कुरा पत्रपत्रिकाले सार्वजनिक गरेका छन् ।
यी उच्चस्तरीय भ्रमणका बीच नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण पनि महत्वपूर्ण रहेको छ । वाङ यीको भ्रमण लगत्तै भारत यात्रा गर्नुलाई भ्रमणको गाम्भीर्यतालाई देखाउँछ । देउवाको मुख्य चुनौती नै लरखराइरहेको नेपालको अर्थतन्त्रलाई जोगाउनु हो । बढ्दो व्यापार घाटा, उद्योग धन्दाको कमजोर अवस्था, विदेशी लगानीको अभाव, बजारमैत्री वातावरणको कमजोरी जस्ता उदेकलाग्दा समस्याहरू देउवाका चुनौतीहरू हुन् । भारतसँगको सहकार्यले यी समस्याको सम्बोधन हुन सक्ने जानकारहरूको बुझाइ छ ।