फाइल फोटो

देश/प्रदेश

कांग्रेसले अछामका तीन पालिकामा छोड्यो गठबन्धन

By खबरहब

April 17, 2022

अछाम – सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेलको सहमति गरे पनि नेपाली कांग्रेसले अछामका तीन पालिकामा अस्वीकार गरेका छन् ।

साँफेबगर नगर, रामारोशन र चौरपाटी गाउँपालिकाले चुनावमा तालमेल नगर्ने निर्णय कांग्रेसले गरेको हो । नगर तथा गाउँकार्य समितिको बैठकले तालमेल नगर्ने निर्णय गरिएको हो।

कांग्रेस साफेबगर नगर सभापति लालबहादुर कुँवरले कांग्रेस बलियो रहेको क्षेत्रमा तालमेल गरेर जान नसकिने बताए । उनले कांग्रेसको जनधारको कदर हुने गरी निर्णय लिइएको बताए ।

तीन पालिकामा कांग्रेस, माओवादी केन्द्र र  एकीकृत समाजवादीले दाबी गरेपछि सहमति जुट्न सकेको थिएन  ।