फाइल फोटो

आर्थिक

सुनचाँदीकै मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

By खबरहब

April 17, 2022

काठमाडौँ – नेपाली बजारमा आज सुन र चाँदीकै मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि १ लाख २ हजार रुपैयाँमा नै कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन १ लाख १५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदी १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी १४ सय रूपैयाँमा नै किनबेच भएको थियो ।