सांकेतिक तस्बिर

देश/प्रदेश

स्याङ्जामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु, दुईको अवस्था गम्भीर

By खबरहब

April 17, 2022

पोखरा – स्याङ्जामा आइतबार जिप पल्टिँदा पाँच जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका-१२ डाँडाखर्कमा जिप पल्टिएको हो ।

जिपमा एक बालकसहित पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ । जिप सडकबाट दुई सय मिटर तल खसेको थियो ।

जिपमा ११ जना सवार थिए । तीमध्ये थप दुई जनाको अवस्था गम्भीर छ । घाइते ६ जनालाई उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको छ । मृतकको पहिचान अझै खुलेको छैन । प्रत्यक्षदर्शीसमेत कोही नभएको प्रहरीले जनाएको छ ।