तस्वीर- फोन्टान्का/इस्ट२वेस्ट न्युज/न्यूयोर्क पोष्ट

अन्तर्राष्ट्रिय

युक्रेनमा फेरि अर्का रुसी जर्नेल मारिए

By खबरहब

April 17, 2022

काठमाडौं– युक्रेनमा तैनाथ अर्का रुसी जर्नेल पनि मारिएका छन् । रुसको तास समाचार संस्थाका अनुसार युक्रेनमा तैनाथ रुसी सेनाको आठौँ डिभिजनका उपकमाण्डर भ्लादिमिर पेट्रोभिच फ्रोलोभ मारिएका हुन् ।

सेन्ट पिटर्सबर्गका गभर्नर अलेक्जाण्डर बेगालोभले उनको मृत्यु भएको पुष्टि गरेको जनाइएको छ । ‘भ्लादिमिर पेट्रोभिच फ्रोलोभले युक्रेनी राष्ट्रवादीहरू विरुद्धको युद्धमा साहसिक मृत्युवरण गरेको’ उनले बताए ।

फ्रोलोभले ‘आफ्नो ज्यान बलिदान गरेका छन् ता कि डोनबासका केटाकेटी, महिला र वृद्धवृद्धाले बम विष्फोटको आवाज नसुनून् ।’ गभर्नर बेगालोभलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

गत फेब्रुअरी २४ मा रुसले आक्रमण थालेयता रुसी सेनाका धेरै उच्च पदस्थ सैनिक अधिकारीको मृत्यु भइसकेको बताइएको छ । रुसी सेनाका जनरलहरुले युद्धमैदानमै पुगी आफ्नो ज्यानको बाजी राख्नु अस्वभाविक रहेको बीबीसीले जनाएको छ ।