तस्वीर- फेसबुक/पञ्जाब किङ्गस

क्रिकेट

लिभिङस्टोनको अर्धशतकमा पञ्जाबद्वारा हैदरावादलाई १ सय ५२ रनको लक्ष्य

By खबरहब

April 17, 2022

काठमाडौं- इण्डियन प्रिमियर लिग आईपिएलमा पञ्जाब किङ्गसले सनराइजर्स हैदरावादलाई १ सय ५२ रनको लक्ष्य दिएको छ ।

भारतको मुम्बईस्थित डी वाई पाटिल रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ५१ रनमा समेटियो ।

पञ्जाबका लागि लियाम लिभिङस्टोनले ६० रन र शाहरुख खानले २६ रन बनाए ।

लिभिङस्टोनले ३३ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ६० रन बनाएका हुन् । टस जितेर फिल्डिङ रोजेको हैदरावादका लागि उम्रान मलिकले ४ र भुवनेश्वर कुमारले ३ विकेट लिए ।

आजको खेलमा पञ्जाब र हैदरावाद चौथो जितको खोजीमा रहेका छन् ।