फाइल तस्वीर

अन्तर्राष्ट्रिय

जम्मु कश्मीरमा लडाकु समूहको सक्रियता घट्दै

By खबरहब

April 17, 2022

काठमाडौं– भारत प्रकाशित जम्मु कश्मीरका सुरक्षा अधिकारीले लडाकु समूहको सक्रियता घट्दै गएको बताएका छन् ।

राजधानी श्रीनगरमा पाकिस्तानी आतंककारी संगठन लस्क ए तैएबाका दुई लडाकु मारिएपछि जम्मु कश्मीरका प्रहरी महानिरीक्षक विजय कुमारले लडाकु समूहको सक्रियता घटेको बताएका हुन् ।

‘सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सीआरपीएफ) का जवानमाथि आक्रमण गर्नेहरु पाकिस्तानसँग सम्बन्धित थिए र लस्कर ए तैएबा समूहमा आबद्ध थिए ।’ कुमारलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ, ‘दुबै गोली लागेर मारिएका छन् । हाम्रा जवानहरू लडाकुका लागि सहज निशाना बन्दै आएका थिए । लडाकु समूहको गतिविधि घट्दै गइरहेको छ र यो अझ घट्दै जानेछ ।’

प्रहरीको रेकर्डअनुसार कारवाहीमा मारिएका दुबै लडाकु ‘ए’ श्रेणीका थिए । प्रहरीलाई उद्धृत गर्दै एएनआईले जनाएअनुसार मोहम्मद भाइ नामक लडाकु सन् २०१९ यता सक्रिय थिए भने अबु अर्सलन नामक अर्का लडाकु सन् २०२१ देखि सक्रिय थिए ।