आर्थिक

मुक्तिनाथ विकास बैंकको ‘मुक्तिनाथ क्रमिक बचत खाता’ सञ्चालनमा

By खबरहब

April 17, 2022

काठमाडौँ– मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ क्रमिक बचत खाता’ सञ्चालनमा ल्याइएको छ ।

बैंकले यो खातामा बचत तथा मुद्दती खाताका विशेषताहरूलाई समेटिएको जनाएको छ ।

यो खातामा मासिक वा त्रैमासिक रूपमा एक निश्चित रकम, न्यूनत्तम १ देखि १० वर्षसम्म जम्मा गरेमा १ वर्षेको व्यक्तिगत मुद्दती खातामा पाइने बराबरको नै ब्याज पाउन सक्ने बैंकले जनाएको छ ।

साथै त्रैमासिक रूपमा प्राप्त ब्याज पुन: सोही खातामा नै जम्मा हुने र सोमा समेत मुद्दतीकै ब्याज प्रदान गर्ने व्यवस्था गरेको बैंकले जनाएको छ ।

यस खाताबाट नियमित रूपमा आर्जन गरेको आम्दानीको केही अंश खर्च नगरी बचत गर्न चाहने ग्राहकलाई फाइदा पुग्ने बैंकले विश्वास लिएको छ ।