ब्रेकिङ स्टोरी

भरतपुरमा अग्रता बढाउँदै रेणु : विजय भन्दा ३० मतले अगाडि

By खबरहब

May 17, 2022

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका सत्ता गठबन्धन र एमालेबीच चर्को प्रतिस्पर्धा जारी छ । मंगलबार बिहानसम्म सत्ता गठबन्धनकी दाहालले आग्रता कायमै राखेकी छन् ।

१७ हजार ३४ मतगणना हुँदा दाहालले पाँच हजार ७१८ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले पाँच हजार ६८८ मत ल्याएका छन् ।

कांग्रेसका बागी जगन्नाथ पौडेलले दुई हजार ७८८ मत पाएका छन् । चितवनको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी अगाडि छन् । उनले ६ हजार ९८२ मत पाएका छन् । राप्रपाकी हिमला गुरुङ करिब तीन हजार मतले पछाडि छन् । उपप्रमुखमा उनले ४ हजार ६३८ मत पाएकी छन् ।