समाचार

पाँचथरको फाल्गुनन्द गाउँपालिकामा कांग्रेस विजयी

By खबरहब

May 17, 2022

काठमाडौं- पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ।

एमालेका वीरबहादुर कुरुम्बाङलाई पराजित गर्दै गाउँपालिकाको अध्यक्षमा बृजहाङ आङदेम्बे विजयी भएका हुन् । आङदाम्बेले ५ हजार ७३९ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका कुरुम्बाङले ४ हजार ६४३ मत प्राप्त गरे।

तत्कालीन फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको निधन भए पछि २०७६ मा भएको उपनिर्वाचनमा बृजहाङ वीरबहादुरसँग पराजित भएका थिए।

उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका ठाकुरसिं नेम्वाङ विजयी भएका छन्। नेम्वाङले जनता समाजवादी पार्टीकी बबिता नेम्बाङलाई पराजित गरे।