देश/प्रदेश

एमालेबाट टिकट नपाएका जोशी स्वतन्त्र लडेर बने अध्यक्ष 

By खबरहब

May 17, 2022

बैतडी – बैतडीको डिलाशैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार सन्तोसप्रकाश जोशी विजयी भएका छन् । जोशीले सत्ता गठबन्धनका उम्मेदवार लोकेन्द्र राना शितललाई ५२१ मतले पछि पारेर जित हासिल गरेका छन् ।

युवा संघका तात्कालिक प्रदेश अध्यक्ष रहेका जोशीले एमालेबाट टिकट नपाएपछि स्वतन्त्रको प्यानल बनाएर चुनाव लडेका थिए । अध्यक्षमा जोशीले ३ हजार १सय ८९ मत ल्याई विजयी हुँदा माओवादी केन्द्रका रानाले २ सय ६४१ मात्रै ल्याएका छन् ।

उपाध्यक्षमा कांग्रेसका भगीरथ बोहरा विजयी भएका छन् । बोहराले ३ हजार ८७३ मत ल्याउँदा एमाले उम्मेदवार लिलावति जोशीले २ हजार ७७९ मत ल्याएका छन् ।

वडा न. ७ मा समेत स्वतन्त्र उम्मेदवार प्रकाश भट्ट प्यानलसहित विजयी भएका छन् । योसंगै वडा न. ५,६ र ७मा स्वतन्त्र उम्मेदवारहरु प्यानलसहित विजयी भए। वडा न.४ मा स्वतन्त्र उम्मेदवार हरि पन्त, वडा न. ५ मा स्वतन्त्र उम्मेदवार यज्ञ भट्ट यसअघि नै प्यानलसहित विजयी भैसकेका थिए ।

डिलाशैनीको वडा न.१ र ६ मा कांग्रेस, २ र ३ मा एमालेले जित हात पारेका छन् ।