देश/प्रदेश

इलामको चुलाचुली अध्यक्षमा गठबन्धनबाट कांग्रेसका केरुङ निर्वाचित, उपाध्यक्षमा एमाले

By खबरहब

May 17, 2022

इलाम – इलामको चुलाचुली गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका राजेन्द्र केरुङ निर्वाचित भएका छन् । केरुङले नेकपा एमालेका उम्मेदवार ओम नारायण खनाललाई भारी मतान्तरले पराजित गरेका हुन् ।

केरुङले ६ हजार ६५० मत पाउँदा खनालले ३ हजार ७५५ मात्रै मत पाएका छन् । यसअघि चुचालुली गाउँपालिकामा एमालेको नेतृत्व थियो ।

उनै केरुङलाई हराउँदै एमालेका प्रदिपचन्द्र राई गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । गाउँपालिका उपाध्यक्षमा भने नेकपा एमालेकी दिलकुमारी लिम्बु निर्वाचित भएकी छन् ।

उनले गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका सुक बहादुर लावतीलाई पराजित गरेकी हुन् । लिम्बुले ४ हजार ४५० मत पाएकी छिन भने लावतीले ३ हजार ४४२ मत प्राप्त गरेका छन् ।