सांकेतिक तस्बिर

देश/प्रदेश

मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

By खबरहब

May 17, 2022

काठमाडौँ – चितवनको भरतपुर महानगरपालिका-५ नयनचोकमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका-१९ का २० वर्षीय बिशेष दाहाल रहेका छन् ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिशालचोकबाट जानकीचोकतर्फ जाँदै गरेको ना ६३ प ९३०३ नम्बरको मोटरसाइकलले सोमबार बेलुकी पौने ९ बजे विपरीत दिशाबाट आउँदै गरेको ना ३८ प ७८७६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटना पश्चात् फरार भएका मोटरसाइकल चालकको खोजी भइरहेको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ ।