देश/प्रदेश

ललितपुर मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता

By खबरहब

May 17, 2022

काठमाडौँ – ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम रहेको छ ।

पछिल्लो विवरणअनुसार कांग्रेसका उम्मेदवार चिरीबाबुले सात हजार २१७ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले तीन हजार ६७४ मत पाएका छन् । उपप्रमुखमा एमालेकी मञ्जलीले तीन हजार ६७४ मत र नेकपा (माओवादी) का बाबुराजा बज्राचार्यले दुई हजार २९२ मत ल्याएका छन् । महानगरपालिकामा २९ वडा रहेकामा हालसम्म चार वडाको मात्रै परिणाम आएको छ ।

वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार, २ मा नेकपा (एकीकृत समाजवादी) का राजेशकुमार महर्जन र ३ मा श्रीगोपाल महर्जन, ५ मा नेकपा एमालेका विकासमान श्रेष्ठ विजयी भए । हाल वडा नम्बर ४, ६ र ७ को गणना जारी रहेको छ ।