फाइल फोटो

समाचार

छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर २ जनाको मृत्यु 

By खबरहब

May 17, 2022

काठमाडौँ– काभ्रे र झापामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । 

काभ्रेको रोशी गाउँपालिका–९ पलान्चे बस्ने १६ वर्षीया साजनी लुंगेको चट्याङ लागेर सोमबार मृत्यु भएको छ । बारीबाट घर फर्कने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि भकुन्डे स्थानीय मेडिकलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी झापाको हल्दीबारी गाउँपालिका–२ राईटोल बस्ने २६ वर्षीय भेना हस्दाको चट्याङ लागेर सोमबार मृत्यु भएको छ । 

शौचालय गई घर फर्कने क्रममा अविरल वर्षासँगै परेको चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।