राजनीति

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी 

By खबरहब

May 17, 2022

ताप्लेजुङ– ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका अध्यक्षमा नेपाली कांग्रेसका लालकृष्ण चौहान निर्वाचित भएका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका सन्तोष चाम्लिङ राईलाई ६८ मतान्तरले पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । चौहानले  तीन हजार ३४३ र चाम्लिङले तीन हजार २७५ मत प्राप्त गरेका हुन् ।

यस्तै गाउँपालिकाका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका चित्र माबो निर्वाचित भएका छन् । उनले नेकपा एमालेका तुलसा बस्नेतलाई एक हजारभन्दा बढी मतान्तरले पराजित गरे। औपचारिक घोषणा हुन भने बाँकी छ ।

यहाँका आठमध्ये चार वडामा कांग्रेस, दुईमा एमाले, एकमा माओवादी केन्द्र र एक स्वतन्त्रले वडाध्यक्षमा निर्वाचित भएका छ्न्।