तस्वीर- क्रिकइन्फो

क्रिकेट

हैदरावादलाई मुम्बईविरुद्धको खेल जित्नै पर्ने दबाब

By खबरहब

May 17, 2022

काठमाडौँ- इन्डियन प्रिमियर लिग आईपीएलमा मंगलबार मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावाद बीच खेल हुँदैछ ।

खेल मुम्बईको वानखेडे स्टेडियममा आज राति पौने ८ बजे सुरु हुनेछ ।

मुम्बईविरुद्ध आजको खेल नजिते हैदरावाद प्लेअफबाट बाहिरिने छ । यसकारण हैदरावाद आजको खेलमा दबाबका साथ मैदान उत्रिने छ ।

मुम्बई आफ्नो चौथो जितको खोजीमा रहेको छ । मुम्बई ६ अंकसहित अंक तालिकाको पुछारमा छ भने हैदरावाद १० अंकसहित आठौँ स्थानमा छ ।