राजनीति

नलगाडको मेयरमा माओवादी केन्द्र र उप मेयरमा कांग्रेस विजयी

By खबरहब

May 17, 2022

जाजरकोट– नलगाड नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका डम्बरबहादुर रावत निर्वाचित भएका छन् । 

रावतका प्रतिस्पर्धी नेकपा एमालेका धर्मबहादुर शाहीलाई एक हजार नौ सय ७३ मतले पराजित गर्दै निर्वाचित भएका हुन् । नेकपा माओवादी केन्द्रका रावतले पाँच हजार पाँच सय ९९ मत प्राप्त गरेका थिए । नेकपा एमालेका धर्मबहादुर शाहीले तीन हजार ६ सय २६ मत प्राप्त गरे ।

यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसकी सुरिता सिंहले पाँच हजार चार सय ६ मत प्राप्त गरी विजयी भएकी छन् । उनले प्रतिस्पर्धी नेकपा एमालेकी सुनिता बोहरालाई दुई हजार १३ मतले पछि पार्दै विजयी भएकी हुन् ।

नेकपा एमालेकी बोहराले तीन हजार तीन सय ९३ मत प्राप्त गरेकी छन् । नलगाड नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले चुनावी तालमेल गरेका थिए ।