बलिउड/हलिउड

घरमै हेर्नुस् ‘केजीएफ : च्याप्टर २’

By खबरहब

May 17, 2022

काठमाडौँ– यसवर्षको प्रतीक्षित फिल्म मध्येको एक ‘केजीएफ : च्याप्टर २’ प्रदर्शनरत छ । प्रदर्शन पश्चात यसले बक्स अफिसमा अनेक रेकर्ड बनाइरहेको छ ।

 फिल्मले आक्रामक व्यापारका साथ ओपनिङ समेत गरेको थियो । ‘केजीएफ : च्याप्टर १’ मार्फत सुपरस्टार बनेका यशकै वरपर फिल्मको कथा घुमेको छ । पहिलो च्याप्टरको सफलतापछि आउँदै गरेको सिक्वेललाई अझै विशाल बनाइएको छ । ‘केजीएफ’ सिरिज मार्फत यश कन्नडा फिल्मबाट भारतकै स्टार बनेका छन् । उनको क्रेज विश्वभर बढेको छ । फिल्ममा यशसँगै श्रीनिधि शेट्टी, सञ्जय दत्त, रविना टन्डन, प्रकाश राज लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

पहिलो च्याप्टर आउँदा सामान्य साउथको फिल्मको रुपमा हेरिएको ‘केजीएफ’ ले कन्नडा फिल्मलाई विश्वभर चिनायो । प्रशान्त नीलको निर्देशनमा बनेको फिल्मले डिजिटल राइट्स वापत ३ सय २० करोड रुपैयाँ पाएको खबर भारतीय मिडियामा छ । सँगै फिल्म अमेजन प्राइम भिडियोमा उपलब्ध छ । फिल्मलाई निर्माण पक्षले रेन्टलको रुपमा उपलब्ध गराएको छ । 

अमेजन प्राइमको सब्सक्राइबर नभएता पनि १ सय ९९ रुपैयाँ भारु तिरेर एक पटक फिल्म हेर्न सकिनेछ । फिल्म रिलिज भएका सम्पूर्ण भाषामा उपलब्ध छ ।