तस्वीर- क्यान

क्रिकेट

नेपालद्वारा युगान्डासामु १ सय २ रनको लक्ष्य

By खबरहब

May 17, 2022

काठमाडौँ- महिला टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपालले युगान्डालाई १ सय २ रनको लक्ष्य दिएको छ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १ रन बनाएको हो ।

नेपालका लागि विन्दु रावलले २६ र सरिता राना मगरले २२ रन बनाइन् । कप्तान रुबिना क्षेत्रीले १५ बलमा २ छक्का प्रहार गर्दै १७ रन जोडिन् ।

७ बलमा १ छक्कासहित डली भट्टले नटआउट ९ रन जोडिन् ।