बलिउड/हलिउड

अक्षयको फिल्मलाई वेब सिरिज बनाउने तयारी 

By खबरहब

May 17, 2022

काठमाडौँ– बलिउड अभिनेता अक्षय कुमार अभिनीत पछिल्लो फिल्म ‘बच्चन पाण्डे’ असफल रह्यो ।

त्यसअघि रिलिज भएको ‘द कश्मीर फाइल्स’ को कारणले अक्षयको फिल्मको कलेक्सन पचास करोडमै रोकियो । त्यसपछि रिलिज भएको फिल्म ‘आरआरआर’ ले फिल्मलाई हलमा बाँकी नै रहन दिएन । यी यस्तै कारणले हाइप ठीकठाक हुँदा हुँदै पनि फिल्म फ्लप भयो ।

यसैकारण हुन् सक्छ अक्षयको नेक्स्ट फिल्म डिरेक्ट ओटीटीमा रिलिज हुने भएको छ । अक्षय अभिनीत फिल्म  ‘मिशन सिन्ड्रेला’ ओटीटी प्लेटफर्म डिज्नेप्लस हटस्टारमा प्रिमियर हुने तयारी छ  । रञ्जित एम तिवारी निर्देशित ‘मिशन सिन्ड्रेला’ मा अक्षयसँगै राकुल प्रीत सिंह, गुरप्रीत सिंह, सर्गुन मेहतालगायतको अभिनय रहेको छ । फिल्मको बजेट १ सय ७५ करोड भनिएको छ । भारतीय मिडियाले फिल्मलाई डिज्नेप्लसले दुई सय करोड दिएको उल्लेख गरेको छ । 

यद्यपि पछिल्लो समय फिल्मलाई सिरिजको रुपमा अगाडि ल्याउने खबरहरू पनि आइरहेका छन् । पिंकभिल्लाको अनुसार फिल्मलाई वेब सिरिजको रुपमा पनि ल्याउन सकिनेछ । यद्यपि यसका लागि अक्षयले थप केही छायांकन गर्नु पर्ने छ । सिरिजको रुपमा ल्याउन अक्षयले अनुमति दिएका यसको दोस्रो सिजनमा समेत उनले अभिनय गर्नु पर्ने हुन्छ । 

फिल्मको क्लाइमेक्समा केही बदलाव गरेमा यसलाई एपिसोडमा बदल्न कठिन नहुने फिल्मका सदस्यले पिंकभिल्लालाई बताएका छन् । यो वेब सिरिजमा परिणत भएमा अक्षयको वेब सिरिजमा डेब्यु हुनेछ ।