देश/प्रदेश

चाँगुनारायणको प्रमुखमा एमाले अगाडि

By खबरहब

May 17, 2022

भक्तपुर– चाँगुनारायण नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिन थालेका छन् ।

वडा नं १ देखि ५ सम्मको मतगणनाको क्रममा नगर प्रमुखमा कांग्रेसका उम्मेदवार जीवन खत्रीले अग्रता लिए पनि वडा नं ६ को मतगणनाको नतिजा आउँदा भने एमालेका उम्मेदवार वीणा बाँस्तोलाले अग्रता लिएका छन्  ।  बाँस्तोलाले ६ हजार ६५० मत प्राप्त गर्दा कांग्रेसका खत्रीले ६ हजार २९३ मत प्राप्त गर्दै खत्रीले बीणालाई ३५७ मतान्तरले पछ्याई रहेका छन् ।

उपप्रमुखमा एमालेका रमेश बुढाथोकीले अग्रता कायमै राखेका छन् । बुढाथोकीले अहिलेसम्म ८ हजार ४ मत प्राप्त गरेका छन् । त्यस्तै कांग्रेसकी उम्मेदवार सुभद्रा काफ्लेले सात हजार ४३२ मत पाए । नगरपालिकाको– ६ नगरकोटमा राष्ट्रिय प्रजातन्त्र पार्टी पहिलो पटक विजयी भएको छ । वडाध्यक्षमा राप्रपाका धनबहादुर लामाले एक हजार ४११ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार विष्णु लामाले एक हजार २०३ मत ल्याए । 

राप्रपाबाट सदस्यमा निर्वाचित हुनेमा वीरमान तामाङ, हरिप्रसाद लामिछाने, महिलामा आरती लामा र दलितमा सोनु विश्वकर्मा रहेका छन् ।