तस्वीर- एलेभेन स्पोर्ट्स

खेलकुद

सी डिभिजन लिगमा स्वयम्भूको दोस्रो जित

By खबरहब

May 17, 2022

काठमाडौँ- शहीद स्मारक सी डिभिजन लिगमा स्वयम्भू क्लबले दोस्रो जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार दिउँसो भएको खेलमा स्वयम्भूले ओएसिस क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

स्वयम्भूका लागि ललित चौलागाइँले गरेको गोल नै निर्णायक बन्यो । खेलको छैटौँ मिनेटमा ललितले गोल गरेर स्वयम्भूलाई अग्रता दिलाएका थिए ।

खेलमा स्वयम्भूका निमेश मोक्तान म्यान अफ द म्याच घोषित भए ।