देश/प्रदेश

जुम्लाको सिंजा गाउँपालिकामा माओवादी केन्द्र विजयी

By खबरहब

May 17, 2022

खलंगा– जुम्लाको सिंजा गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र विजयी भएको छ । 

अध्यक्ष पदका उम्मेदवार पूर्णप्रसाद धितालले एक हजार ९४९ मत ल्याई विजयी भएका हुन् । धितालका प्रतिस्पर्धी नेपाली कांग्रेसका नन्दराम बुढाले एक हजार ८३१ मत ल्याएका छन् ।

त्यस्तै उपाध्यक्षमा पनि माओवादीकी शीतला रोकाया विजयी भएका छन् । उनले एक हजार ९५६ मत ल्याएका हुन् । उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी राजकला शाहीले एक हजार ६८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय सिंजाले जनाएको छ । यहाँका आठ स्थानीय तहमध्ये माओवादी केन्द्रले अहिलेसम्म सिंजा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष मात्र जितेको छ ।

पातरासी गाउँपालिकामा माओवादी केन्द्रले उपाध्यक्ष र कांग्रेसले अध्यक्षमा विजयी भएको छ । हिमा र कनकासुन्दरी गाउँपालिकामा कांग्रेसले अध्यक्ष र उपाध्यक्षमा विजयी हासिल गरिसकेको छ । विसं ०४७ को स्थानीय निर्वाचनमा माओवादी केन्द्रले जिल्लाका तातोपानी, गुठीचौर र हिमा गाउँपालिका अध्यक्षमा विजयी भएको थियो ।

यहाँका चन्दननाथ नगरपालिका, तिला तातोपानी र गुठीचौरको अन्तिम मत परिमाण आउन बाँकी रहेको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।