राजनीति

नौ महिनापछि संसद् अवरोध हटाउँदै एमालेले भन्यो : मुलुक फरक कोर्षमा गयो 

By खबरहब

May 17, 2022

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले गत भदौ २३ गतेदेखिको निरन्तरको संसद् अवरोध खोलेको छ । 

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले संसद्‌मा सम्बोधन गर्दै एमालेले संसद्‌ अवरोध हटाएको जानकारी गराए। उनले मुलुक फरक कोर्षमा गएको र आर्थिक संकट विकराल बनेकाले एमालेले संसद् अवरोध गर्ने निर्णय गरेको बताए। 

एमालेले बजेट अधिवेशन सुरु भएकै दिन संसद् अवरोध अन्त्य गरेको हो ।

त्यस्तै सांसद ज्ञवालीले देश सङ्कटमा पर्दा पनि सरकार गम्भीर नभएको आरोप लगाएका छन् । उनले आर्थिक अवस्थासहितका कारण देश सङ्कटमा पर्दा पनि प्रधानमन्त्री र विभागीय मन्त्री गम्भीर बन्न नसकेको आरोप लगाए । 

‘सत्ताको सेटिङ तुहिएको छ भने प्रधानमन्त्रीज्यू  ब्युँझिनुहोस्, मन्त्रीज्यू ब्यूँझिनुहोस्, देश सङ्कटमा छ’, उनले भने, ‘देश संकट पर्दा पनि सरकार गम्भीर बन्न सकेन । हामी यसको खबरदारी गर्छौैं ।’