राजनीति

भरतपुरमा रेनुको अग्रता कायमै, २५५ मतले अघि

By खबरहब

May 17, 2022

भरतपुर- चितवनको भरतपुर महानगरको पछिल्लो मत परिणाम अनुसार गठबन्धनकी उम्मेदवार रेनु दाहालले ६ हजार ९२७ मत ल्याएर अग्रता कायम राखेकी छन् ।

नेकपा एमालेका उम्मेदवार विजय सुवेदीसंग झिनो मतान्तरले प्रतिस्पर्धा भइरहेको भरतपुरमा रेनुले २५५ मतले अग्रता लिएकी छन् । हाल सुवेदीको ६६७२ मत छ ।

गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेलले भने ३३९१ प्राप्त गरेका छन् ।