देश/प्रदेश

अमेरिकी राजदूतद्वारा मकवानपुरमा अमेरिकी सहयोगमा पुनर्निर्मित स्वास्थ्य चौकीको उद्घाटन

By खबरहब

May 17, 2022

काठमाडौं- मकवानपुरमा अमेरिकी सहयोगमा स्वास्थ्य चौकी पुनर्निर्माण गरिएको छ ।

सोमबार नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले मकवानपुर जिल्लास्थित काँकडा स्वास्थ्य चौकीको उद्घाटन गरेका हुन् । यस स्वास्थ्य चौकीको पुनर्निर्माण अमेरिकी सहयोग नियोग युएसएड नेपालको सहयोगमा बनाइएको हो ।

युएसएडले योसहित चार जिल्लामा ३६ वटा स्वास्थ्य तथा शैक्षिक संस्थाहरुको पुनर्निर्माणमा सहयोग गरेको छ ।

यी संरचनाहरु भूकम्प प्रतिरोधी, साधनसम्पन्न तथा बालबालिका एवं अपाङ्गमैत्री रहेको बताइएको छ । अमेरिकी सहयोगमा निर्मित विद्यालय तथा स्वास्थ्य संस्थाहरुले २ लाख ४० हजार भन्दा धेरै पिछडिएको समुदायका मानिसहरुलाई प्रत्यक्ष फाइदा पुग्ने अपेक्षा गरिएको छ ।