राजनीति

अर्घाखाँची भूमिकास्थानको मेयरमा जनमोर्चाका झविलाल थापा विजयी

By खबरहब

May 17, 2022

अर्घाखाँची : भूमिकास्थान नगरपालिकाको नगर प्रमुखमा राष्ट्रिय जनमोर्चाका नेता झविलाल थापा निर्वाचित भएका छन् । केहीबेरअघि भएको मतगणनाको परिणाम अनुसार नेकपा एमालेका रेशम थापालाई ७०० मतले पराजित गर्दै थापा नगरप्रमुखमा निर्वाचित भएका हुन् ।

गठबन्धनबाट उम्मेदवार बनेका थापाले ८३२४ मत प्राप्त गर्दा एमाले उम्मेदवार थापाले ७५२४ मत प्राप्त गरेका छन् । साथै उपप्रमुखमा पनि गठबन्धन पक्षधर माओवादी नेता बालकृष्ण बन्जाडे निर्वाचित भएका छन् ।