राजनीति

भरतपुरमा रेनुको अग्रता कायमै, तर मतान्तर घट्यो

By खबरहब

May 17, 2022

काठमाडौँ : भरतपुर महानगरपालिकामा जारी मतगणनामा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले मतान्तर बढाएकी छन् । २१ हजार बढी मत गणना हुँदा रेनुले ३२३ मतको अग्रता लिएकी हुन् ।

नेकपा माओवादी केन्द्रकी उम्मेदवार दाहालले ७ हजार ३५१ मत पाएकी छन् । नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ७ हजार २८ मत ल्याएका छन् । मत प्राप्त गरेका छन् ।

रेनुले अग्रता बढाएपनि पछिल्लो समय एमालेका उम्मेद्वार सुवेदीले भने मतान्तर घटाइरहेका छन् । केही समयअघिसम्म ३५० बढी मतान्तर रहेकोमा अहिले भने रेनुको अग्रता ३२३ मा झरेको छ ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ५६२ मत ल्याएका छन् । उनको उम्मेद्वारीले पनि भरतपुरमा रेनुको अग्रता बढ्न नसकेको देखिन्छ ।