राजनीति

पोखरामा नेकपा समाजवादीका आचार्यलाई ११८१२ मत

By खबरहब

May 17, 2022

पोखरा : एमाले फुटेपछि गठबन्धनको साथ पाएका पोखरा महानगरका उम्मेद्वार धनराज आचार्यले अग्रता कायमै राखेका छन् । साथै उनले मतान्तर पनि बढाइरहेका छन् । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका तर्फबाट उम्मेद्वारी दिएका आचार्यले एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर एक हजार बढी पुर्याएका छन् ।

पछिल्लो मतपरिणामअनुसार उनीहरुबीचको मतान्तर १ हजार ७५० छ । २८ हजार बढी मतगणना हुँदा आचार्यले ११ हजार ८१२ मत पाएका छन् । त्यस्तै एमाले उम्मेदवार कृष्ण थापाले १० हजार ६२ मत पाएका छन् ।

राप्रपाबाट मेयर उम्मेदवार शंकर प्रसाद खरलले १२७१ मत पाउँदा स्वतन्त्र उम्मेदवारी दिएर चर्चामा रहेका गनेस पौडेलले ६६९ मत पाएका छन् । पोखरामा एमाले विभाजनको असर देखिदा यतिबेला समाजवादीका उम्मेद्वारलाई जिताउँन एमालेकै नेता कार्यकर्ता लागेको चर्चा पनि छ ।