राजनीति

भरतपुरमा रेनुले लिइन् ५ सय ४ मतको अग्रता

By खबरहब

May 17, 2022

काठमाडौँ : चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेद्वार रेनु दाहालले फेरि अग्रता बढाएकी छन् । उनले ताजा अवस्थामा ७ हजार ७१४ मत ल्याएकी छन् । दोस्रो स्थानमा रहेका एमाले उम्मेद्वार विजय सुवेदीको ७ हजार २१० मत ल्याएका छन् ।

रेनुले दोस्रो स्थानका एमाले उम्मेद्वार सुवेदीसँग ५ सय ४ मतको अग्रता लिएकी छन् । तेस्रो स्थानमा रहेका कांग्रेसका बागी उम्मेद्वार जगन्नाथ पौडेलले ३ हजार ६९२ मत ल्याएका छन् ।