राजनीति

जलजला गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

By खबरहब

May 17, 2022

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का उम्मेदवार निर्वाचित भएका छन् ।

मोहनचोकस्थित जलजला गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा आज दिउँसो सम्पन्न मतगणनाको परिणामअनुसार अध्यक्षमा कांग्रेसका राजुप्रसाद आचार्य र उपाध्यक्षमा माओवादीका दीपक आचार्य (आकाश) विजयी भएका हुन् ।

अध्यक्षमा निर्वाचित राजुले पाँच हजार ६५७ र उपाध्यक्षमा निर्वाचित दीपकले चार हजार ७९२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अध्यक्षमा एमालेका लालबहादुर अधिकारीले चार हजार १८४ र उपाध्यक्षमा एमालेकी सुनिता वरुवालले चार हजार ७१५ मत पाएकी छिन् । उपाध्यक्षमा ७७ मतले वरुवाललाई आचार्यले पराजित गरेकी हुन् । जलजलाको नौ वटामध्ये पाँच वटामा एमाले, दुई वटामा कांग्रेस र दुई वटा वडामा एमालेले जितेका छन् ।