ब्रेकिङ स्टोरी

भरतपुरमा रेनुको अग्रता कायमै, विजय सुवेदी ६०१ मतले पछाडि

By खबरहब

May 17, 2022

काठमाडौँ– चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ६ सय १ मतले अग्रता बढाएकी छिन् ।

पछिल्लो विवरण अनुसार रेनुले ७ हजार ८५७ मत ल्याएकी छन् ।

यस्तै उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार विजय सुवेदीले ७ हजार २ सय ५६ मत ल्याएका छन् ।

गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी रेनुले दोस्रो स्थानका एमालेका उम्मेदवार सुवेदीसँग ६ सय १ मतको अग्रता लिएकी छन् ।

पछिल्लो विवरण अनुसार काँग्रेसका बागी उम्मेद्वार जगन्नाथ पौडेलले हालसम्म ३ हजार ६९२ मत ल्याएका छन् ।