ब्रेकिङ स्टोरी

चीनप्रति लक्षित गर्दै अमेरिकी सहायक विदेशमन्त्रीले भने- ‘अनावश्यकरुपमा एसपीपी उचाल्यो’

By खबरहब

June 17, 2022

टेक्सास– अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले चीनप्रति लक्षित गर्दै नेपालमा स्टेट पार्टनरसिप प्रोग्राम (एसपीसी) लाई चर्काउनुमा चीनको हात रहेको बताएका छन्।

अमेरिकी विदेश मन्त्रालयले अमेरिकामा रहेका प्रवासी नेपालीहरूसँग अमेरिकाको ड्यालसमा गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै लुले नेपालमा चीनले अमेरिकी सहायतामाथि अनावश्यक भ्रम फैलाइरहेको बताए। लुले भने, ‘एमसीसी र एसपीपीको विरोधका पछाडि नेपालकै ठूलो छिमेकीको हात छ।’

उनले एसपीपी नेपाली सेनासँगको नियमित र सामान्य सहयोग कार्यक्रम मात्र रहेको बताउँदै उनले यसमा एमसीसीसँग कुनै साइनो नरहेको बताए।

लुले चीनप्रति लक्षित गर्दै नेपालमा आफ्नो एकल प्रभुत्व कायम गर्न अमेरिकी सहयोग र परियोजनाप्रति आक्रोशित बन्दै आएको र भ्रम फैलाइरहेको आरोपसमेत लगाए।