तस्वीर- गेटी इमेज फर एडिडास

खेलकुद

फिफाद्वारा विश्वकप फुटबल २०२६ का आयोजक सहरहरूको नाम सार्वजनिक

By खबरहब

June 17, 2022

काठमाडौँ- विश्व फुटबल महासंघ फिफाले विश्वकप फुटबल २०२६ को समूह चरणका खेलहरु आयोजना गर्ने १६ सहरको नाम सार्वजनिक गरेको छ ।

अमेरिकाको न्यूयोर्कबाट शुक्रबार प्रसारण गरिएको प्रत्यक्ष टेलिभिजन कार्यक्रममार्फत फिफाले आयोजक सहरहरूको नाम घोषणा गरिएको हो ।

सन् २०२६ मा विश्वकपको आयोजनाको मौका उत्तर अमेरिकी महादेशले पाएको छ । उत्तर अमेरिकाका अमेरिका, क्यानडा र मेक्सिकोले सन् २०२६ को विश्वकप फुटबल संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् ।

तीन मुलुकहरुले संयुक्त रुपमा आयोजना गर्न लागेको विश्वकप यो इतिहासमा नै पहिलो रहेको जनाइएको छ । यस विश्वकपमा फिफाले सहभागी राष्ट्रहरुको संख्या पनि ३२ बाट बढाएर ४८ पुर्‍याउने बताइएको छ ।