सांकेतिक तस्वीर ।

१२ वर्षीया बालिका बलात्कार आरोपमा तीन किशोर पक्राउ

By खबरहब

June 17, 2022

बझाङ- बझाङको बुंगल नगरपालिकामा बालिका बलात्कारको आरोपमा तीन किशोर पक्राउ परेका छन् ।

बुंगल नगरपालिका वडा नम्बर १ की १२ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका तीन जना किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले सोही ठाउँका १४, १५ र १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।

जेठको दोस्रो साता बालिकाका आमाबुबा रोपाइँमा गएको बेला तीनै जनाले सामूहिक बलात्कार गरेको पीडित पक्षको आरोप छ । तीनै जनाले बलात्कार गरेको कुरा कसैलाई भनेमा मार्ने धम्की दिएको पीडित पक्षको भनाइ छ । बालिकाको स्वास्थ्यमा समस्या देखिएपछि सोधपुछ गर्दा बलात्कार भएको बताएपछि जाहेरी दिन ढिलाइ भएको पीडितले जनाएको छ । उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।