समाचार

बिल बिजक भन्दा बढी सामान ल्याउने ट्रक नियन्त्रणमा

By खबरहब

June 17, 2022

काठमाडौं- पर्सामा बिल बिजक भन्दा बढी सामान ल्याउने ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

मेडिकल तथा खुद्रा सामाग्री बिल बिजक भन्दा बढी ल्याएको गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले पर्साकाे वीरगञ्ज महानगरपालिका वडा नं. ८ घण्टाघर सडक खण्डबाट ना.५ ख ९६७५ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

ट्रक जाँच गर्ने क्रममा बिल बिजक शंकास्पद देखिएको तथा बिल बिजक विनाका विभिन्न किसिमका मेडिकल सामाग्रीहरू समेत फेला परेको प्रहरीले जनाएकाे छ । ट्रक नियन्त्रणमा लिई ६६ लाख ८८ हजार २४२ रुपैेयाँ बराबर मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि शुक्रबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।