फाइल फोटो

ब्रेकिङ स्टोरी

प्रचण्डले आज भाजपा अध्यक्ष नाडडासँग भेट्दै

By खबरहब

July 17, 2022

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भारतीय जनता पार्टीका अध्यक्ष जेपी नाडडासँग भेटवार्ता गर्ने छन् ।

तीन दिने भारत भ्रमणमा रहेका प्रचण्डले आज भ्रमणको अन्तिम दिन भाजपा अध्यक्ष नाडडासँग भेट्न लागेका हुन्। प्रचण्ड उनकै निमन्त्रणामा दिल्ली पुगेका हुन् ।

गत शुक्रबार दिल्ली पुगेका प्रचण्डले सोही दिन भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेसँग भेटवार्ता गरेका थिए भने शनिबार बिदेश मन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका थिए । प्रचण्ड आजै स्वदेश फर्कने पूर्वनिर्धारित कार्यक्रम छ ।

नयाँ दिल्ली पुगेका प्रचण्डलाई इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले स्वागत गरेका थिए ।