सांकेतिक तस्बिर

अपराध

चन्द्रागिरीबाट लागूऔषधसहित एक जना प्रहरी नियन्त्रणमा

By खबरहब

July 17, 2022

काठमाडौँ – चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषधसहित एक जनालाई प्रहरीले फक्राउ गरेको छ।

पक्राउ पर्नेमा महोत्तरी सग्रामपुर गाउँपालिका–२ बस्ने १९ वर्षीय विवेक कुमार यादव रहेका छन् । उनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

यादवको साथबाट ७ सय एम्पुल डाईजेपाम, ७ सय एम्पुल नुफिन र ७ सय एम्पुल फेनारगन बरामद गरिएको प्रहरीले जनाएको छ ।

महोत्तरीको गौशालाबाट काठमाडौँतर्फ आउँदै गरेको बा.४ ख ५१४४ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गा र लागू औषध नियन्त्रण ब्यूरोको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा बसमा सवार उनको साथमा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।