फाइल फोटो

ब्रेकिङ स्टोरी

प्रचण्डले मोदीसँग नभेट्ने, आजै काठमाडौँ फर्किँदै

By खबरहब

July 17, 2022

काठमाडौँ- तीन दिने भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नहुने भएको छ।  उनले यसअघि भारतीय प्रधानमन्त्री मोदीसँग भेट हुन सक्ने बताएका थिए ।

आइतबार बिहान भाजपा अध्यक्ष जेपी नड्डासँग भेट गरेपछि दाहाल त्यहीँबाट स्वदेश फर्कन लागेका हुन् । नड्डासँगको भेटमा अध्यक्ष दाहालले भारतीय जनता पार्टी र माओवादीबीच एक अर्काको आमन्त्रणमा दुवै देशमा संयुक्त कार्यक्रमहरू गर्दै जाने समझदारी गरेका छन् ।

भ्रमणमा सँगै रहेका दाहालका स्वकीय सचिव रमेश मल्ले अध्यक्ष दाहाल भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भारत भ्रमणमा आएको र आफूहरूको भ्रमण फलदायी भएको बताए । गत शुक्रबार भारत भ्रमणमा गएका दाहाल आइतबार स्वदेश फर्किँदै छन् ।