ब्रेकिङ स्टोरी

उपसभामुख पुष्पा भुसालले लिइन् शपथ

By खबरहब

July 17, 2022

काठमाडौँ- प्रतिनिधि सभाकी उपसभामुख पुष्पा भुसाल गौतमले आज पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा उपसभामुख भुसाललाई सभामुख अग्नि प्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पद तथा गोपनीयताको शपथ गराएका हुन्।

भुसाल शुक्रबार उपसभामुखमा निर्वाचित भएकी थिइन् ।